देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली लाइसेन्सको विषयमा छानबिन भइरहेको छ : ज्वाला

देशान्तर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ६ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को कार्ड आएको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश यातायात मन्त्रालयको बैठकमा मन्त्री ज्वालाले ६ लाख ल्याउने प्रक्रियामा रहेको बताए । उनले १६ लाख सवारी चालक अनुमतिपत्र कार्ड र प्रिन्टरको ठेक्का भइसकेको पनि बताए ।


प्रदेश सरकारले पनि कार्ड र प्रिन्टरका लागि बजेट छुट्याएको छ । त्यो खरिद प्रक्रिया अघि बढ्यो भने स्थायी रूपमा कार्डको समस्या समाधान हुने उनले जानकारी गराए । उनले विद्यतीय सवारी दर्ता प्रणाली पोखरामा र एकान्तकुनामा सञ्चालनमा आएकोमा पोखरामा सफल भएको र एकान्तकुनामा अलि समस्या देखिएको छ बताए । उनले देशव्यापीरूपमा अनलाइन सिस्टमबाटै नवीकरण, आवेदन दिने, जस्ता काम अनलाइनबाटै गर्न सके विचौलिया हाबी नहुने बताए । उनले नक्कली लाइसेन्सको विषयमा सीआईबी, र मन्त्रालयबाट पनि छानबिन भइरहेको र गल्ती गर्नेलाई कारबाही हुने बताए ।