देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुष्पा खनालको “प्यासी ” विश्वका उत्कृष्ट दश गीतमा चयन

देशान्तर

काठमाडौं । गीतकार पुष्पा खनालको “प्यासी प्यासी ” बोलको गीत विश्वका उत्कृष्ट दश गीतमा चयन भएको छ । वर्ल्ड सङ राइटिङ अवार्ड अमेरिकाले आयोजना गरेको विश्वव्यापी प्रतियोगितामा खनालको उक्त गीत उत्कृष्ट १० मा पर्न सफल भएको हो ।

विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको गीत उत्कृष्ठ १० मा परेको हो । वर्ल्ड सङ राइटिङ एवार्ड अमेरिकाले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने गीतलाई सम्मानसहित विश्वस्तरको गीतको मान्यता प्रदान गर्ने प्रावधान छ । सन् २०२३ को शरद ऋतुमा आयोजित विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालले पहिलोपटक सहभागिता जनाएकी थिइन् । पहिलो सहभागितामै उत्कृष्ट १० मा पर्न सफल भएको खनालले जानकारी दिएकी छन् ।
तीन दशकदेखि गीत र कविता लेख्दै आएकी पुष्पाका दुई गीत सङ्ग्रह, दुई एल्बम र फुट्कर गीत तथा कविताहरू प्रकाशित छन् ।