देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बबिनाको स्वर र सङ्गीत रहेको ‘माझी बनेर आयौ’

देशान्तर

काठमाडौँ । बबिना भटराईको स्वर र सङ्गीत रहेको ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा शब्द सुनिता प्रसाईँको रहेको छ भने सङ्गीत संयोजन साहस शाक्यले गरेका छन् ।

 ‘नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । स्टुडियो भर्सनको भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो । भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । बबिनाले अधुनिक , तिज गीत संगै भजनहरुमा स्वर र संगीत दिदै आएकी छन् ।