देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यूजिक भिडियो हिट भएपछि फिल्म खेल्ने तयारीमा सनिषा

देशान्तर


काठमाडौं । ‘ए होर माया’, ‘तिमीलाई हेर्ने बानी प¥यो’ जस्ता हिट गीतकी सुन्दरी मोडल हुन् सनिषा भट्टराई । विमल अधिकारीस“ग ए होर मायामा काम गरेपछि सनिषालाई भिडियोमा काम गर्ने कैयौं अफरहरू आए । पोखरेली चेली सनिषाको पहिलो गीतले राम्रो चर्चा पाएस“गै मोडलिङको क्षेत्रमा उनलाई झनै उत्साह जाग्यो र उनले बसन्त विश्वकर्माको साइ“ली बोलको गीतमा काम गरिन् । त्यसपछि गायक आशिष सचिनको ठिटो झापाकोमा काम गरिन् । पल शाहस“ग तिमीलाइ हेर्ने बानी प¥र्यो, आ“सुु बनी, लुम्बिनी, त्यो पललगायतका भिडियोमा काम गरेकी सनिषा भन्छिन् राम्रो ब्यानरको फिल्मको अफर आए म काम गर्न तयार छु । सनिषाले सनसिल्क स्याम्फुको ब्रान्ड एम्बास्डर बनेर एक वर्ष काम गरिसकेकी छिन् भने हाल फ्लाई नेपाको ब्रान्ड एम्बास्डर बनेकी उनले सगरमाथा म्युजिक अवार्ड र जिनियस म्युजिक अवार्ड जितिसकेकी छिन् । उनै सनिषास“ग गरिएको कुराकानीको सम्पादिन अंश ।

म्युजिक भिडियोमा काम गरेदेखि नै यहा“लाई लक लागेको हो ?
हजुर । सबैले त्यस्तै भन्नु हुन्छ । काम गरेका धेरैजसो गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । ए होर माया, तिमीलाई हेर्ने बानी प¥योलगायतका केही गीतहरू करोड क्लबमा छन् । जसका कारण पनि दर्शकश्रोताको नजरमा परेको छु कि जस्तो लाग्छ ।

म्युजिक अभिनय गर्दागर्दै अब विज्ञापनमा पनि व्यस्त हुन थाल्नु भएको हो ?
पहिलो गीत ‘ए हो र माया’बाट नै राम्रो सफलता पाएपछि अर्को गीतमा काम गर्नु मेरा लागि निकै चुनौती थियो । त्यहीबीचमा कैयौँ गीतहरूबाट अफर आए । तर, मैले ‘ए हो र माया’पछि डेढ महिना काम गरिनँ र पछि ‘साइँली’मा काम गरें । ‘ठिटो झापाको’मा गायक आशिष सचिनसँग काम गरें । त्यसपछि अभिनेता पल शाहसँग सहकार्य गर्ने मौका पाएँ ‘तिम्लाई हेर्ने बानी प¥यो’ फिमेल भर्सनमा । यहीबीचमा ‘सनसिल्क’को विज्ञापनमा काम गरे । अहिले फ्लाई नेपाको ब्रान्डएम्बास्डर बनेर काम गरिरहेको छु ।

भिडियो र विज्ञापनमा काम गर्दाको अन्तर के कस्तो हुँदो रहेछ ?
हामी कलाकारले दुवै क्षेत्रमा गर्ने भनेको अभिनय नै हो । आफ्नो कला देखाउने नै हो । भिडियोमा समय अलिक बढी लाग्ने र क्लास पनि लिनुपर्ने हुन्छ भने विज्ञापनमा भिडियोमा जस्तो धेरै समय लाग्दैन । सजिलो र रमाइलो नै हुन्छ ।

कसरी जोडिनु भयो फ्लाई नेपाको ब्रान्ड एम्बास्डरका रूपमा ?
फ्लाई नेपाको टिमले नै प्रस्ताव राखेपछि म जोडिएको हुँ ।

के कस्ता जिम्मेवारीहरू बहन गर्नुपर्ने रहेछ ब्रान्ड एम्बास्डर बनेर काम गर्दा ?
ब्रान्ड एम्बास्डर बन्दा कम्पनीका प्रचारप्रसारका काम गर्ने हो । कामहरू त्यति धेरै हुँदैन । प्लानिङ गरेर गर्दा सहज नै हुन्छ ।

अभिनयमा लाग्नुभएको डेढ वर्षमा डेढ दर्जन बढी गीतमा काम गरिसक्नुभयो, विमल, पलजस्ता चलेका मोडलसँगको काम गर्दाको अनुभव कस्तो रह्यो ?
पलजी मलाई निकै मिलनसार र सहयोगी लाग्यो । पलजीसँग सहकार्य गरेको ‘तिम्लाई हेर्ने बानी प¥यो’ ले पनि राम्रो चर्चा पायो । उहाँसँगै सहकार्य गरेका मेरा चार वटा गीत बजारमा आइसकेका छन् । त्यस्तै विमल अधिकारीसँग ए होर मायामा काम गरें । उहाँ अनुभवी, मेहनती र रमाइलो व्यक्ति लाग्यो ।
आफ्नो डेढ वर्षको अनुभवमा तपाईंले बुझेको कलाकारिता के रहेछ ?
इमानदारितापूर्वक लाग्ने हो भने कलाकारिताबाट नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने लाग्छ । तर म यहाँ पैसा कमाउनका लागि नभई मेरो मेरो सानैदेखिको इच्छा मोडल र कलाकार बन्ने रहर पूरा गर्न आएको हो म ।

यो क्षेत्रमा अनेकन बाधा व्यवधान र चुनौती हुन्छ भन्छन्, परिवारको सहमति छ त ?
मेरो भित्री मनको इच्छा भएकाले अभिनेता विमल अधिकारीले आफ्नो गीतमा मोडलका रूपमा अफर गरेपछि म परिवारको सल्लाहले नै यता आएकी हुँ । आफू आफ्नो स्थानमा ठीक हुने हो भने कुनै बाधा व्यवधान र चुनौती देदिख्नँ म ।

‘ए हो र माया’ पछिको तपाईंको मोडलिङ यात्रा कसरी अघि बढिरहेको छ ?
पहिलो गीत ‘ए हो र माया’बाट नै राम्रो सफलता पाएपछि अर्को गीतमा काम गर्नु मेरा लागि निकै चुनौती थियो । त्यहीबीचमा कैयौँ गीतहरूबाट अफर आए । तर, मैले ‘ए हो र माया’पछि डेढ महिना काम गरिनँ र पछि ‘साइँली’मा काम गरें । अभिनेता पल शाहसँग सहकार्य गर्ने मौका पाएँ ‘तिम्लाई हेर्ने बानी प¥यो’ फिमेल भर्सनमा । त्यसपछि मलाई फिल्मका लागि पनि अफरहरू आइरहेका छन् । अहिले भिडियोहरू पनि छनोट गरेर काम गरिरहेको छु ।

कस्ता फिल्महरूबाट अफर आएका छन् ? के छिट्टै फिल्मकी नायिका बन्दै हुनुहुन्छ ?
हजुर आफ्नो कला पूर्ण रूपमा देखाउने भूमिकाको खोजीमा थिए म । मैले भनेजस्तै ब्यानर र कथा भएको फिल्मबाट अफर आएकाले अगाडी बढ्ने निधो गरेको छु । त्यसकै तयारीमा पनि छु अहिले ।

कुन अभिनेतासँग फिल्ममा सहकार्य गर्ने मन छ ?
मलाई जुनै अभिनेता हुँदा पनि फरक पर्दैन । तर दयाहाङ राई, विपिन कार्की सरहरूसँग काम गर्न पाएको खण्डमा मैले पनि निखारिने मौका पाउने थिएँ ।

टिकटक बन्द भयो ? यसले तपार्इंलाई कत्तिको प्रभाव पारेको छ ? टिकटकको विकल्पमा कुन एप बढी चलाउनुहुन्छ ?
टिकटक बन्द भएपछि केही न केही असर त प्रचारप्रसारका हिसाबले हुने नै भयो । तर बन्द गरिसकिएको एप भीपीएनबाट चलाउँदिनँ । यसको विकल्पमा रिल र इन्स्टाहरूको प्रयोग गर्छु ।

तपाईंसँग कला क्षेत्रकै व्यक्तिले एक्कासि मोबाइल नम्बर माग्यो भने के गर्नुहुन्छ ?
हामी यही क्षेत्रमा भएका व्यक्तिले दिन्न भन्न पनि मिलेन । कामकै विषयमा सहकार्य गर्ने व्यक्ति भए नदिई सुख छैन ।

प्रेम र विवाहबारे तपाईंको धारणा के छ ? यही क्षेत्रकै व्यक्तिसँग विवाह गर्दा ठीक कि फरक क्षेत्रको ?
यो त भाग्यको कुरा पनि हो । भर्खरै काम सिक्दै, पढाइ गर्दै गरेको अवस्थामा रहेकोले विवाहको बारेमा सोचिसकेको छैन । अहिले त छोरी मान्छेले पनि ३० क्रस गरेपछि विवाह गर्छन् ।

पल शाहसँग काम गर्नुभयो । पलको मुद्दा फेरि उल्टिएको छ । यसबारे जानकारी छ ?
जानकारी छ । अब अदालतमा मुद्दा परिसकेको विषयमा अहिले नबोलौं कि ।

प्रेम, रोमान्स, ब्रेकअपसम्बन्धी कलाकारका समाचार आउँदा कस्तो महसुस हुन्छ ?
अरु साथीभाइका यस्ता खबरले सचेत बन्ने प्रेरणा दिन्छ । म यी विषयहरूबाट टाढा नै बस्न रुचाउने मान्छे हो ।