देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शाह र थापा राष्ट्रियसभा सदस्यको उम्मेदवारमा सिफारिस

देशान्तर


काठमाडौं । चलचित्रकर्मीद्वय नीर शाह र तीर्थबहादुर थापालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन नेपाली कांग्रेसले सिफारिस गरेको छ ।
शाहलाई नेपाली कांग्रेस बागमती प्रदेश समितिले र थापालाई गण्डकी प्रदेश समितिले सिफारिस गरेको हो ।
शाह अभिनेतासँगै निर्माता र निर्देशक पनि हुन् । शाहले ‘वासुदेव’, ‘वसन्ती’, ‘मसान‘ ‘सेतो बाघ’लगायतका चलचित्र निर्देशन गरेका छन् । यस्तै कांग्रेको शुभेच्छुक संस्था सांस्कृतिक महासंघका अध्यक्षसमेत रहेका थापाले ‘सडक‘ ‘आन्दोलन’लगायतका चलचित्र निर्देशन गरेका छन् ।