देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समीर र बिन्दु पौडेलको आवाजमा ‘चट्ट राम्रो’

देशान्तर


काठमाडौं । गायक समीर आचार्य र गायिका बिन्दु पौडेलको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
गीतमा शब्द संगीत र संगीत संयोजन गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पूर्वेली र पश्चिमेली मिसाएर लयबद्ध गरिएको छ ।
गीतको भिडियोमा चर्चित गायक तथा मोडेल चक्र बम र मोडेल कुसुम शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेल र आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । बिन्दुको यसअघि ‘आई लभ यू भन्दिउँला प्यारा’ र ‘जता जता मायाको पाइलो’ बोलका गीत सार्वजनिक भएका थिए भने समिरका ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’, ‘घाममा सुकाइदेऊ’, झम्के मायालगायतका गीत सार्वजनिक भएका छन् ।