देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय : जाडोबाट जोगाऊ

देशान्तर


कात्तिक १७ गते मध्यराति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाको ज्यान गए पछि त्यसयता थप २२ जनाको मृत्यु भइसकेको छ । भूकम्पबाट घरबास गुमाएका भूकम्पपीडितहरू हिउ“द याममा बढ्दो चिसो सहन नसकेर आक्रान्त भइरहेका बेला २२ जनाको ज्यान गइसकेको छ भने सुत्केरी, गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू गम्भीर जोखिममा छन् । भूकम्पले घरबास गुमाएका उनीहरूलाई बढ्दो चिसोले थप पिरोलेको छ । बर्सेनि उच्च हिमाली, पहाडी र मधेसमा जाडोको कारण ज्यान गुमाउनु नियतिजस्तै बनिरहेको सन्दर्भमा भूकम्पका कारण थप ज्यान गुमाउनुलाई पनि नियमितरूपमा सरकार लिएजस्तो देखिएको छ । ‘जाडोको कहर, गरिबको नियति’ नेपाली जनताले कहिलेसम्म भोगिरहनुपर्ने सरकारस“ग जवाफ छैन, ऊ मूकदर्शकमात्र बनेको छ ।


भूकम्पपछि चिसोकै कारण जाजरकोटमा १९ र रुकुमपश्चिममा तीन जनाको ज्यान गएको हो । भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाइरह“दा पनि कुनै पनि तहका सरकारले भूकम्प प्रभावितहरूको जीवन रक्षाका लागि आवश्यक पहल थालेका छैनन् । मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । चिसोका कारण नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरूलाई सबैभन्दा बढी असर परेको छ । घरमा राखेको औषधि घर भत्कि“दा पुरिएको र थप औषधिका बारेमा कसैले चासो नै नदिनु अर्को कारण हो । दीर्घरोगीहरूले एकातिर औषधि पाएका छैनन् भने अर्कातिर बालबालिका र सुत्केरीलाई चिसो थेग्न मुस्किल भएको छ । यहीबीचमा एक सुत्केरीको ज्यान गएको छ भने दुई बालबालिकाले पनि अकालमै ज्यान गुमाएका छन् ।


अत्यधिक चिसोका कारण दीर्घरोगीले थप स्याहार पाउन नसक्दा ज्यान गुमाइरहेको चिकित्सकहरूको ठम्याइ“ छ । अत्यधिक चिसोले झाडापखाला, ज्वरो र रुघाका बिरामी त बढेका छन् नै, मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ, । एकसरो त्रिपाल र लत्ताकपडाको भरमा जिउन उनीहरूलाई कठिन छ । स्थानीय अस्पतालमा चिसोकै कारण निमोनियाका बिरामी धेरै पुग्न थालेका छन् । मुख्यगरी जाजरकोट र रुकुमपश्चिममा मात्रै गरी करिब ५० हजार घरपरिवारका सवा लाखभन्दा बढी विस्थापित भएका छन् । अधिकांश त्रिपालमुनि छन्, अस्थायी आवास पनि बनिसकेको छैन । जेनतेन बनेका जस्तापाताका टहराले पनि उनीहरूलाई सुरक्षित राख्न सक्दैन ।
कमजोर पारिवारिक आर्थिक अवस्था, कठिन भौगोलिक अवस्था अनि पुनस्र्थापनामा देखिएको राज्यको ढिलासुस्तीले उनीहरूका लागि यो हिउ“द कष्टकर बन्दैछ । चिसो बढ्दै जा“दा भूकम्पबाट बल्लतल्ल जोगिएकाहरू पनि चिसोकै कारण जोगिन नसक्ने पो हुन् भन्ने चिन्ता बढेको छ ।


समस्या जाजरकोट र रुकुमपश्चिमको मात्रै होइन, बढ्दै गइरहेको चिसोले कमजोर आर्थिक अवस्था भएका हरेक गरिब परिवारमा छ । तराई, पहाड र हिमाली क्षेत्रका गरिब जनता यसपालि पनि चिसोबाट नराम्रोस“ग प्रभावित हुने देखिएको छ । तीन तहका सरकार भए पनि कुनै पनि तहका सरकारले गरिब नागरिकहरूको जीवन रक्षाका बारेमा अहिलेसम्म कुनै कार्यक्रम अगाडि सारेका छैनन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर चिसो बढ्दै छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही दिनमै हिउ“ पर्दै छ भने तराईमा शीतलहर आउनेछ । न्यानो लगाउने र ओढ्ने लुगासमेत नभएका तराईका गरिब जनता जाडोबाट सबैभन्दा बढी प्रभावित हुनेछन् । हरेक वर्ष जाडो सहन नसकेर मात्रै पनि ५० भन्दा बढी नागरिकले ज्याउने गुमाउने गरेको तथ्यांक छ । अति गरिब जनताको गास र बासका बारेमा सरकारले चासो नदिए यो हिउ“दमा चासोबाट ज्यान गुमाउने नागरिकको संख्या अझै उच्च हुने निश्चित छ ।


स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । स्थानीय तहभन्दा माथि प्रदेश र संघ सरकार छन् । नागरिकको जीवन रक्षा गर्नु तिनै तहका सरकारको दायित्व हो । तर, अहिलेसम्म जाडो र जाडो भगाउन अपनाइने उपायका कारण ज्यान गुमाउन सक्ने नागरिकका बारेमा कुनै पनि तहका सरकार संवेदनशील देखि“दैनन् । शीत नपर्ने ओत र न्यानो लुगा नभएकै कारण मृत्यु हुने गरिब नागरिक त छ“दै छन्, त्यसमाथि पनि जाडो छल्न सुतेकै ठाउ“मा आगो बाल्ने र त्यही आगोले जलेर मर्नुपर्ने बाध्यतासमेत नागरिकलाई छ । यी परिस्थिति अन्त्यका लागि सबै तहका सरकार र जनप्रतिनिधि गम्भीर बन्न जरुरी छ ।