देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय गीतकार समीरलाई काठमाडौंमा अभिनन्दन

देशान्तर


काठमाडौं । भारतीय प्रसिद्ध गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । गीतकार संघ नेपाल र लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा अभिनन्दन गरिएको हो । हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा गीतकार समीरलाई अभिनन्दनपत्र, दोसल्ला र ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।


गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व एवं पूर्वमन्त्री एवं प्रतिष्ठित गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लूनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरका संरक्षक वसन्त चौधरी, उपाध्यक्ष हरिहर शर्माको आतिथ्यता रहेको थियो । समीरले विश्वमै सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएका छन् ।
समारोहमा बोल्दै गीतकार समीरले सम्मानित हुन पाउँदा आफू निकै प्रफुल्लित भएको बताए । उनले नेपालका बारेमा केही न केही लेख्ने बताउँदै नेपाल प्रवेशसँगै लेखिएको गीत गाएर सुनाएका थिए ।