देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तिहारको शुभकामना

देशान्तर

सम्पादकीय

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड सुरु भइसकेको छ । घरमा दीपावली गर्दै तिहारको स्वागत गरि“दै छ भने पा“च दिनसम्म मनाइने उज्यालो र उमंगको पर्व तिहारको रौनक यतिबेला सहरदेखि गाउ“सम्म तथा महलदेखि झुपडीसम्म छाइसकेको छ । आत्मीयता र भाइचाराको प्रतीकको रूपमा लिइने यो पर्वले हरेक परिवारमा खुसीयाली र उमंग ल्याइदिओस् भन्ने सबैको कामना हुन्छ । उज्यालो चाड तिहारको सम्पूर्ण देश विदेशमा रहने नेपालीलाई शुभकामना दिइरह“दा मह“गी र अभावको कारण खल्लोपन महसुस भएको छ ।
दसैंपछि आउने यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि सुरु हुन्छ । यो पर्वले मानिस—मानिसबीचको सम्बन्ध र आत्मीयतामा मात्रै नभई मानिस र प्राणीहरूबीचको सम्बन्धमा पनि विशेष अर्थ राख्छ । पा“च दिनसम्म मनाइने तिहारको पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाई तिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोवर्धन पूजा वा गोरुतिहार भनिन्छ । अन्तिम दिन भाइटीका हो, जुन तिहारको मुख्य दिन पनि मानिन्छ ।
पा“च दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पा“च दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरेर मनाएको हु“दा यी पा“च दिनलाई यमपञ्चक भनिएको हो ।
यसरी रह“दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर मागभन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस्, दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीस“ग बिदा भई गएको र यसरी प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानि“दै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि छर्लंग पार्दछ ।
कार्तिक शुक्ल द्वितीया तिथिका दिन मनाइने भाइटीकामा दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गरिन्छ । यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने, दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महŒव छ । मखमली कहिल्यै ओइलाउ“दैन भने सयपत्री फूलको रङ कहिल्यै उडेर जा“दैन । दूबो लामो आयुको प्रतीक हो । यश, आरोग्य र दीर्घायुको कामना गर्दै निधारमा लगाइने सप्तरंगी टीकाको पनि त्यत्तिकै महŒव छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् ।
तर, यति रमाइलो चाड तिहारको स्वागत गर्ने तयारी भइरह“दा कर्णालीको जाजरकोटमा गएको भूकम्पका कारण डेढ सयभन्दा बढी मानिसले ज्यान गुमाउनु परेको छ भने हजारौं मानिस घरबारविहीन भएका छन् । तिहारको पूर्वसन्ध्यामा आएको यो विपत्तिले सिंगो राष्ट्रलाई नै स्तब्ध बनाएको छ । भूकम्पबाट प्रभावित नागरिकलाई उचित राहत तथा पुनस्र्थापनाको व्यवस्थापन गरेर राज्यले उनीहरूको अनुहारमा पनि उज्यालो छर्न सक्नु पर्दछ । राज्यका सबै निकाय, संयन्त्र र राजनीतिक दल तथा स्वयम्सेवी संघसंस्थाले जतिसक्दो छिटो यसबारेमा ध्यान दिनु आवश्यक छ ।
यतिमात्रै होइन, तिहारलाई मिठाईको पर्वका रूपमा बुझ्ने गरिन्छ । गुलिया र मिष्ठान्न परिकार खाने र रमाउने पर्व भए पनि सरकारले यसका लागि अत्यावश्यक चिनीसमेत पर्याप्त मात्रामा उपलब्ध गराउन सकेको छैन । बजारमा चिनीको हाहाकार छ । उपभोक्ता मह“गो मूल्य तिरेर चिनी किन्न बाध्य छन् । योस“गै अन्य अत्यावश्यकीय उपभोग्य सामग्रीमा ह्वात्तै मूल्य बढेको छ । दैनिक उपभोग्य सामग्रीकै मूल्य छोइनसक्नु भएपछि कसरी चाड मनाउने हो भन्ने चिन्ताले हु“दा खाने वर्गलाई सताएको छ ।
अवस्था जे जस्तो छ, त्यसलाई सहन गर्दै अगाडि बढ्नुको विकल्प छैन । सरकारले आफ्नो उपस्थिति र साथ हरेक नागरिकमा झल्काउन सक्नुपर्छ । देशमा सरकार छ र विपत्ति तथा अभावको सामना गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन सकेमा मात्रै पनि नागरिकले सुनौलो भविष्यको अपेक्षा र कामनासहित चाड मनाउन सक्छन् । नागरिकले पनि देखासिकी नगरी आफ्नो गच्छे र क्षमता तथा हैसियतअनुसार चाड मनाउने तयारी गर्नुपर्छ । चाड मनाउने बहानामा नया“ समस्याको सिर्जना गर्नु हु“दैन । तिहार उज्यालो होस्, सुखमय होस्, नया“ खुसी र उमंग छाओस्, सबैलाई शुभकामना ।
००