देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुलियो चिनी र लस्सादार चास्नी


सत्ताको चास्नी
भनभनाइरहेका माखाहरू
चुसिरहेका, रमिरहेका
जतिसुकै गरिब जनता किन नहुन्
जतिसुकै विपत्ति मुलुकमा किन नपरोस्
यिनको धर्म केवल चुस्ने
चुसिरहेका छन्
कोभिडमा चुसे, भीड हटाउँदा चुसे
कम्पकम्पमा चुसे

सर्वाधिक रूपान्तरित हुन सक्ने
केवल माखा हो
त्यसैले आफ्नो मत बढाउन सक्छ
माखा भन्नु नै दुवैतिर
दुवैतिर एक एक पखेटा
सबैतिर उडान भर्न सक्छ
उडानको चमत्कार देखाउनु सक्छ
छलाङ लगाउन सक्छ
संयुक्त आँखाहरू जति सतर्क
टाउको र कुम
अपूर्वसँग हल्लाउन सक्छ
भेदन गर्न सक्छ
र, एउटै एजेन्डा हो – चुस्ने
यसको लागि जहाँ पनि अड्न सक्छ

जुनसुकै बजारी गर्न तयार शासक
हजारी होस् या कालोबजारी
गोल टन्न बज्ने आउनु प¥यो
यता –
एक किलो चिनीको लागि
चार घण्टाको लाइन
जनताको हारगुहार
उता –
बहार नै बहारको टन्न वर्षा
तन्त्रको मन्त्र सकिँदै जाँदा
मधु वर्षले पिरोलेको छ अहिले
चिनीको चास्नीमा परेको माखा
अहिले छटपटाएको अवस्थामा
प्रत्येक बुँद, प्रत्येक बुँदाबाट
उम्किने हर प्रयासमा
आफैं रमिता बनेको छ ।