देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ता जिसीको ‘यस्तो भा छ मलाई त’ सार्वजनिक 

देशान्तर

काठमाडौँ । गायिका शान्ता जिसीको स्वरमा यस्तो भा छ मलाई त बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले साथ दिएका छन् । 

प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रचना रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन प्रसिद्ध सङ्गीतकार अर्जुन पोख्रेलले गरेका हुन् । ए प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई नरेश बिबिसीले मिक्सिङ मास्टरिङ गरेका हुन् । गायिका जिसीकै अफिसियल च्यानल बाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कुशल कोरियोग्राफर समेत रहेका निर्देशक काजिश श्रेष्ठ मोडलहरू लोमश शर्मा ,करिश्मा ढकाल र सामरिका ढकालको अभिनय रहेको छ ।  कथानक  डान्सिङ नम्बर रहेको गीतलाई क्यामेरा म्यान अजय रेग्मीले खिचेका हुन भने दीपक बिस्टले सम्पादन गरेका हुन् । 

कर्मथलो जापान बनाएकी गायिका जिसीले अलिक रमाइलो र फरक खालको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताएकी छन् । निर्देशक श्रेष्ठले पनि गीतलाई न्याय गर्न आफूले मेहनत गरेकोले राम्रो सृजना बनेको बताएका छन् । भिडियो रिलिज पूर्व भिडियोका क्लिपहरू टिक टकमा प्रचारका लागि राखिएको र त्यसमा सकारात्मक प्रतिक्रिया पाएको श्रेष्ठले बताए ।