देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व : प्रचण्ड

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको समेत उनले बताए । प्रधानमन्त्रीले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरेका छन् ।
गत साउन २८ गते मुस्ताङको कागबेनीमा बाढीका कारण ठुलो क्षति भएको छ । मुस्ताङ सबैभन्दा कम पानी पर्ने क्षेत्र पनि हो । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण बर्सात हुन थालेको छ । जलवायु परिवर्तनकै असरबारे प्रत्यक्ष जानकारी गराउन संयुक्त राष्ट्र महासङ्घको महासचिवलाई नेपाल घुम्ने निम्तो दिएको उनले बताएका थिए ।