देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संक्रमणकाल लामो बन्दा देशमा केही चुनौती छन : राष्ट्रपति पौडेल

देशान्तर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तन भए पनि संक्रमणकाल लामो बन्दा देशमा केही चुनौती देखिएको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को मंगलबार राजधानीमा सुरु भएकोे ११ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यसप्रति सबै पक्ष सचेत बन्नुपर्नेमा पनि जोड दिएका छन् । त्यस अबसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न नेपालमा लगानी गर्न आह्वान गरे ।

देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सके मात्र विकास र समृद्धि हुन सक्ने भन्दै राष्ट्रपतिले यसतर्फ एनआरएनएको ध्यानाकर्षण गराएका थिए । यसो भएमा नेपाल र विदेशमा बस्ने सबै नेपालीको पनि शीर उँचो हुने राष्ट्रपतिको भनाइ छ ।
राष्ट्रपतिले एनआरएनएको सरोकारको विषयमा नेपाल सरकारले नीतिगत तथा कानुनी व्यवस्था तर्जुमा गरेको भन्दै एनआरएनए नागरिकताको पनि व्यवस्था गरेको बताए ।