देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एमालेको बर्तमान नेतृत्व वास्तविक एमाले नभएको प्रचण्डको दाबी

देशान्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको बर्तमान नेतृत्व वास्तविक एमाले नभएको दाबी गरेका छन् । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभामा उनले ओलीको नाम नै नलिई उनी गणतन्त्रवादी नभएको पनि जिकिर गरेका हुन् ।
प्रचण्डले ओली गणतन्त्रवादी र संघीयतावादी नभएको आरोप लगाए । साथै समानुपातिक, समावेशी लोकतन्त्रको पक्षधर नभएको पनि बताए । उनले एमालेको तत्कालीन महासचिव माधव कुमार नेपाल नभएर ओली भएको भए गणतन्त्र नआउने समेत बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी मोर्चा तयार गर्दा केही पार्टीको सातो गएको टिप्पणी गरे ।
अध्यक्ष नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङ्ग सृजना भएको र अन्य पार्टीको सातो गएको टिप्पणी गरेका हुन् । उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारे ।
देशी विदेशी शक्तिहरूबाट जोगिए देशको स्वाधीनता रक्षा गर्नु पर्ने आजको आवश्यकता रहेको नेपालले बताए । उनले अहिले गठबन्धनको विकल्प नभएको बताए ।