देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बझाङमा एकैदिन भूकम्पका दुई ठूला धक्का : धेरै घरहरु भत्किए

देशान्तर

काठमाडौं । बझाङमा एकैदिन भूकम्पका दुई ठूला धक्का मापन गरिएको छ । दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङको चैरपुर आसपास केन्द्रविन्दु भएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

६ दशमलव ३ म्याग्निच्युडको भूकम्पको धक्का देशका धेरै स्थानमा महसुस गरिएको थियो । उक्त भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस गरिएको थियो ।
बझाङमा गएको भूकम्पको धक्का नयाँ दिल्लीसम्म पुगेको थियो । भूकम्पको क्षतीको पूर्ण बिवरण आउन बाँकि छ । तर भूकम्पले धेरै घरहरु भत्किएका छन् ।