देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल : गृहमन्त्री

देशान्तर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल भएको दाबी गरेका छन् । हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करीका घटनालाई अन्त्य गर्नको लागि सहमतिअनुसार आयोगको घोषणा भइसकेको बताए । सरकारले अघि बढाएको तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको समर्थन पनि पाएको उनको भनाइ छ ।

उनले सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणका दोषीलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको बताए ।