देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी गायिका ज्याकलिनको स्वरमा नेपाली गीत

देशान्तर


काठमाडौं । लघु चलचित्रको निर्माणको क्रममा छोटो बसाइका लागि नेपाल आएकी अमेरिकी गायिका ज्याकलिन पिरालेजले नेपाली गीत रेकर्ड गराएकी छन् ।
ज्याकलिनले ‘ए कान्छा एउटा कुरा सुनी देऊ’ शीर्षकको गीतमा स्वर दिएकी हुन् । नेपाली भाषामा पोख्त नभए पनि गीतमा भने समस्या नभएको वरिष्ठ रेकर्डिस्ट कृष्ण पुनले बताए । गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । संगीत तथा संगीत संयोजन गोविन्दमधुर आचार्यले गरेका हुन् । गीतको भिडियोको तयारी भैरहेको र छिट्टै सार्वजनिक गरिने गीतकार अधिकारीले जानकारी दिएका छन् ।
उक्त गीतमा पर्यटकलाई नेपाली संस्कृति, नेपाली भूभाग, नेपाली खाना, नेपालीपन र नेपालीहरू मन परेको भाव रहेको छ । टेक्सास निवासी ज्याकलिन चलचित्रको सेट डिजाइनरसमेत हुन् । उनी पहिलो पटक नेपाल आएकी हुन् ।