देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिकित्सक निरन्तर सडक आन्दोलनमा

देशान्तर

काठमाडौं । केही दिनयता चिकित्सक निरन्तर सडक आन्दोलनमा छन् । उनीहरूले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरे ।

प्रदर्शनका क्रममा उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘शान्ति सुरक्षा कायम गर’ लगायत नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसुर र दण्डसजायसँग सम्बन्धित व्यवस्था लागु गर्नुपर्ने उनीहरूको माग छ ।