देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आन्दोलनरत् डाक्टर र सरकारबीच बार्ता

देशान्तर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा आन्दोलनरत् चिकित्सकसँग वार्ता चलिरहेको छ । डाक्टरले आन्दोलन थालेपछि सरकारले समाधानको खोजीका लागि वार्ता थालेको हो ।

वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी छन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् ।