देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक महिना भित्रमा स्वास्थ्यकर्मीको काज फिर्ता हुन्छ : स्वास्थ्य मन्त्री बस्नेत

देशान्तर

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंगिने दाबी गरेका छन् ।

बिहीबार नेपालगञ्जको भेरी अस्पतालको निरीक्षणपछि अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मीको काज फिर्ताको विषय टुंग्याउने बताएका हुन् ।  

पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरुलाई एक महिनाभित्रै आफ्नो दरबन्दीमा पठाउने बताउँदै उनले यसका लागि सरकारले काम गरिरहेको जानकारी दिए । 

वर्षाैँदेखि काजमा बस्ने परिपाटीले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएको भन्दै उनले अब कााज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।