देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको तेस्रो अधिवेशन सम्पन्न

देशान्तर

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको तेस्रो अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौँमा सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा साहित्यकार राजेन्द्र के.सी. अध्यक्ष र रञ्जना निरौला महासचिव पदका लागि चयन भएका छन् । निर्मल रमण पराजुली र मञ्जिला शर्मा उपाध्यक्षमा चयन हुँदा सुशिला खड्का (हसिना) सचिवमा र कमला रिसाल कोषाध्यक्षमा चयन भएका छन् । सदस्यमा आकाश अधिकारी, शान्तिमाया गिरी, डि .आर , शान्ति न्यौपाने रिसाल, दुर्गा बहादुर शाह ‘बाबा’, सीता बिष्ट कार्की, हिरण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले, द्वारिका कुईकेल र इन्दिरा ढकाल चयन भएका छन् ।

सोही कार्यक्रममा अधिवेशन सँगसँगै राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण समेत गरिएको थियो । राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत पुरस्कार अग्रज कवि, लेखक तथा चलचित्र निर्देशक यादव खरेल र गायक तथा सङ्गीतकार स्व प्रेमध्वज प्रधानलाई प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष सन्ध्या पहाडीले अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति समेत रहनुभएका प्रा।डा।बासुदेव त्रिपाठी हुनुहुन्थ्यो । विशिष्ट अतिथि प्रा.डा.गोविन्दराज भट्टराई र अतिथिहरुमा वरिष्ठ सङ्गीतकार तथा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा, अनेसासका सल्लाहकार डा। सावित्री कक्षपती, अनेसासका पूर्व अध्यक्ष तथा सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार प्रतीक ढकाल, हिरण्य कुमारी पाठक, अनेसासका उपाध्यक्ष डा। रेणुका थापा सोलु, अनेसासका महासचिव विमला निरौला, वरिष्ठ कवि तथा प्राज्ञ डा. देवी नेपाल, लेखक तथा समालोचक महेश पौडेल, लगायत व्यक्तित्वहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन संस्थाका महासचिव ऋषवदेव घिमिरेले गरेका थिए ।