देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुक बाँझो पार्दै चरिरहेका साँढेहरू


मुलुक छोड्नेको थामी नसक्ने लर्को

मुलुकको आम्दानी घटिरहेछ 

बढ्ने कसरी ? 

न उद्योगधन्दा, न कलकारखाना

न आफ्नो लगानी, न रोजगारी सिर्जना 

भएका कारखाना बन्द गरे पराइका लागि

युवा पलायन गराए 

राजनीतिक चाप घटाउनको लागि

गफको उत्पादन अचाक्ली बढ्यो

गफै गफको वाकपटुता बढेर 

कहिले सिंगापुर बनाइदिने, कहिले लन्डन

तर जनताको न दाल पाक्ने, न भात पाक्ने

गफैगफको विकास र समृद्धिमा

साँढे बनेर चर्न पाएका छन् 

बाकसमा फर्किएकाको पैसामा

हाइसञ्चो मानिरहेका छन्

लुट्न झन् सजिलो त्यसैमा

मुलुकलाई अन्तको मन्डी बनाएर

मुलुक बाँझो भयो 

जमिन बाँझो हुँदै गएर

खाद्यान्न घट्यो

महिलाको बाँझोपन बढ्दै गयो

नेपाली कम हुँदै गए

जनसंख्या घट्दै गयो

बढाउन अन्तलाई नागरिकता बाढे

किस्ता किस्तामा नागरिकतासँग साटेको शासन

कुनै कुराले असर गर्दैन साँढेहरूलाई

नोलले हाने पनि, लखेटे पनि

कहिले नझर्ने फल देखाएर

चर्न भने छोड्दै छोड्दैनन् यहाँ

गरिबको रगत पसिनामा

मुलुक जति बाझो हुँदै गए पनि