देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युएईमाथि नेपालको सानदार जित :कुशलको ६ विकेट तथा अर्धशतक

देशान्तर

काठमाडौं । कुशल भुर्तेलले ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेलमा युएई ए लाई पराजित गरेको छ ।

पि सारा ओभल कोलोम्बोमा नेपालले युएई ए लाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा र देव खनालले समान २४÷२४ रन बनाए ।

युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १÷१ विकेट लिए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ । युएई जितबिहिन रुपमा प्रतियोगिता सकाएको छ ।