देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालद्वारा भारत ए सामु १६८ रनको चुनौती प्रस्तुत

देशान्तर

काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतकको मद्धतमा एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए सामु १६८ रनको चुनौती प्रस्तुत गरेको छ । कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन जोडेको हो । रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सन झाले ३८ रनको योगदान गरे ।
रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । सोमपालले १४ रन बनाएर आउट भए ।त्यसपछि रोहित र गुल्सनले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । रोहित र गुल्सनलाई भारत ए का निशान्त सिन्धुले आउट गरे । दोस्रो बलमै ओपनर कुशल भुर्तेल खाता नखोली आउट भएपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । आसिफ छैटौं ओभरमा व्यक्तिगत ७ रनमा आउट भए भने कुशल मल्लले खाता खोल्न सकेनन् ।
पवन सर्राफ ६ रन र ललित राजवंशी ३ रनमा आउट भए । भारत ए का लागि निशान्त सिन्धुले ४, राजवर्धन हाङ्गरगेकरले ३ तथा तथा हर्सित रानाले २ विकेट लिए । मानव सुथारले १ विकेट लिए ।