देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुम्लामा भूकम्पको धक्का

देशान्तर

काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार बिहान ११ बजेर १७ मिनेटमा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भई ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो पराकम्प नभई नयाँ भूकम्प हो । यसअघि, गएको मंगलबार सिन्धुपाल्चोकको स्याउलेबजार आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।