देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई

देशान्तर

नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो  ।

नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित ११२ रन जोडेका थिए ।

निरजकुमार यादवले ४७, सन्तोष यादवले २६,  सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५,  कप्तान अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए ।