देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आशिष चौधरीको निर्णायक गोल : नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हरायो

देशान्तर

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा आशिष चौधरीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले निर्णायक गोल गरेको थियो ।

खेलको ८० औं मिनेटमा आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरे । आशिषको यो नेपालका लागि डेब्यु गोल हो । जितसँगै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । पाकिस्तानले भने अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।