देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

देशान्तर

भारतसँग २–० गोलले पराजित भएसंगै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ ।

भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा नेपाल भारतसंग २ गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफपछि खेलको ६२औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

पहिलो गोल गरेपछि निरन्तर नेपालमाथि दबाव बनाएको भारतका महेश नोरिमले ७०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारतले नेपाललाई हराएसँगै ६ जोडेको छ। उसको सेमिफाइनल यात्रा निश्चित भएको छ ।

पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन आजको खेलमा भारतलाई हराउनै पर्ने दबावमा थियो । तर, भारतसँगको हारसँगै नेपालले सानत्वना जितको खोजितमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

पाकिस्तानपनि लगातार दुई हार बेहोर्दै एक खेल अगावै समूह चरणबाट बाहिरिसकेको छ । नेपाल सामूह ‘ए’ बाट बाहिरिने दोस्रो टिम हो । अब समूह बिजेता बन्न भारत र आमन्त्रित टिम कुवेतबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।