देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ च्याम्पियनसिप फुटबलमा दोस्रो हाफ सम्म नेपाल २ गोलले पछाडी

देशान्तर

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा कुवेत विरुद्ध तीन गोलले पछि परेपछि नेपालले एक गोल फर्काएको छ । कुवेतले पहिलो हाफमै नेपालविरुद्ध दुई गोल गरेको थियो । भारतको बैंगलुरु स्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औं मिनेटमा खालिद हाजिइयाले गरेका थिए ।

दोस्रो गोल भने निर्धारित समयको ४१औं मिनेटमा एस.खालदीले गरेका हुन् । उनले डिबक्सभित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्याउँदै गोलमा परिणत भएको थियो । खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पु¥याएका छन् । उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए । यसअघि कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोल गरिसकेको छ । यो प्रतियोगितामा नेपाल समूह ए मा छ । यो समूहमा भारत र पाकिस्तान पनि छ ।