देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल सामु अमेरिकाको २०८ रनको लक्ष्य

देशान्तर

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाबाट २०८ रनको लक्ष्य पाएको छ ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा  गुल्सन झा उत्कृष्ट बलिङप्रेरित नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेट्यो । अमेरिकालाई मध्यम योगफलमा रोक्न करणले चार विकेट लिए । नौ ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै ३३ रनमात्र खर्चिए । करणले पहिलो इनिङको दोस्रो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसपछि उनले आठौँ र १०औँ ओभरमा समान एक विकेट लिए । करणसँगै नेपालका लागि गुल्सनले तीन विकेट लिए । १० ओभर बलिङ गरेका गुल्सनले ५२ रन खर्चिए ।

दीपेन्द्रसिंह ऐरीले दुई र ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालविरुद्ध अमेरिकाका सयन जहाँगिरले शतक प्रहार गरे । अन्तिमसम्म अविजित रहेका उनले ७९ बलमा १० चौका र तीन छक्का प्रहार गरे । सुशान्त मोदनीले ४२ रन थपे । यसअघिको खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गजानन्द सिंह भने २६ रनमै पभेलियन फर्किए । जेस्सी सिंहले १२ रन जोडे ।

समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार बेहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुई समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।