देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५०० रुपैयाँले बढ्यो सुनको भाउ

देशान्तर

नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेकाे छ। बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबारको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।