देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनेसास जापानद्वारा घिमिरे, केसी र सुवेदी सम्मानित

देशान्तर

काठमाडौं । ब्यावसायिक कामकाज र भ्रमणको सिलसिलामा जापान पुगेका चर्चित छन्दकवि तथा अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरे, कवि तथा चलचित्रकर्मी राजेन्द्र केसी र गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरले सम्मान गरेको छ ।

टोकियोको सिन ओकुवोमा रहेको प्याराडाइज रेष्टुरेण्टमा हिजो सनिवार सम्पन्न कार्यक्रममा नेपालबाट आएका साहित्यिक व्यक्तित्वहरूलाई स्वागत तथा सम्मान गर्न अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, अनेसास केन्द्रका सचिव दीप पाठक, अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एनआरएनए जापानका प्रवक्ता सुवास लामिछाने, नेपाल पत्रकार महासंघ जापान च्याप्टरका निवर्तमान अध्यक्ष मोहन घले, मिडियाकर्मी दिलिप श्रेष्ठ, एनआरएनए आइसिसी उपाध्यक्ष एवम् अनेसासका पूर्व महासचिव भूषण घिमिरे, अनेसास जापानका पूर्व अध्यक्षद्वय राज ज्ञवाली र आलोक चालिसे, साहित्यकार गृष्मा पौड्याल, जापान भ्रमणमा रहनु भएका शिक्षक होमनाथ अर्याल लगायत जापानस्थित नेपाली समाज र समुदायलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्वहरु सहभागी भएका थिए ।
कार्यक्रममा सम्मानित कविहरू तथा अन्य उपस्थित कविहरूले आफ्ना रचना वाचन गरी सुनाएका थिए । दुई महिना अगाडिदेखि जापानका विभिन्न सहरको भ्रमण गर्दै हिँडेका प्रकाश सुवेदीले जापानमा बस्ने नेपालीहरूले दिएको मायाले एक दिन पनि विरानो महसुस हुन नपरेको प्रतिकृया दिए । कार्यक्रममा प्रकाशले यो तपाईँहरूकै कथा हो भन्दै सम्झिएर बालबच्चा घर खेतबारी, असारै लाग्यो दर्कियो पानी लगायतका गीतहरू वाचन गरेका थिए । जापान च्याप्टरका अध्यक्ष रविन शर्माले स्वदेशी कविहरूलाई परदेशी माटोमा सम्मान गर्न पाउँदा गर्वबोध भएको बताए ।