देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशमा आँधीबाट जोगाउन ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानमा सरियो

देशान्तर

एजेन्सी । बंगलादेशमा आँधी आउने आकंलन गरिएको छ ।

मोचा नामको आँधीले आज साँझ जमिनको सतहमा टक्कर दिने प्रक्षेपण गरिएको छ ।

बंगलादेश सरकारले १५ सय अस्थायी शिविर निर्माण गरी ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरेको हो ।

प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको मुख्य प्रभाव बंगलादेशको कक्स बजारमा पर्ने सक्ने आँकलन गरिएको छ ।

सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी घरहरुमा बसोबास गर्दै आएका छन् ।

हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ । आँधीको साइरनसहित रातो झण्डा फहराईएको छ ।

यसैबीच पोखरीमा माछा मार्ने काम बन्द गर्न माझीहरुलाई आदेश दिइएको छ ।

केही दिनसम्म सक्रिय रहने मोचा आँधीले बाढी पहिरो समेत आउन सक्ने चेतावनी पनि जारी गरिएको छ ।
बंगलादेशको दुई दशकको इतिहासमा आउन लागेको सबै भन्दा शक्तिशाली आँधी हुने अनुमान मौसम विदहरुले गरेका छन् ।