देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने नेतासहित ५० जना बढी पक्राउ

देशान्तर

एजेन्सी । बेलायतमा राजा चार्ल्स तृतीयको शनिबार राज्याभिषेक समारोह चलिरहेको बेला राजतन्त्रको विरूद्धमा प्रदर्शन गर्ने बिरोधी समूहका नेतासहित ५० जना भन्दा बढी पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुमाथि बेलायती कानून अनुसार सार्वजनिक ब्यवस्था उल्लंघन तथा शान्ति भंगको आरोपमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
लण्डनको ट्राफलगर स्क्वार लगायतका शहरमा भेला भएर राजसंस्था विरुद्ध नारा लगाउँदै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनकारीहरुले ‘नट माई किङ’ लेखेको टिसर्ट लगाउनुका साथै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बेलायतका मानव अधिकारवादी समूहहरुले भने प्रदर्शनकारीहरु पक्राउ गरिएकोप्रति खेद प्रकट गरेका छन् । राजा तृतीयको शनिबार राज्याभिषेक समारोह भब्य रुपमा सम्पन्न भएको थियो ।