देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण अर्धसैनिक बल परिचालन, मृत्यु हुनेको संख्या ५४ पुग्यो

देशान्तर

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ ।

हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ । राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ । दंगामा १ सय भन्दा बढी घाइते भएका छन् ।

गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो ।

दुई समुदायबीच भड्किएको दंगाले भौतिक सम्पतिमा पनि ब्यापक रूपमा क्षति पुर्याइएको छ । ५ सय घर तथा चर्चहरुमा आगो लगाइएको छ ।

कतिपय भागेर छिमेकी राज्य नागाल्याण्ड पुगेका छन् । मणिपुरको बहुसंख्यक समुदायले राजधानी इम्फाल भन्दा बाहिर जग्गा जमिन तथा घर किन्न पाउने गरी विधान सभाले कानून बनाएको थियो ।

त्यस पश्चात अल्पमतमा रहेको जनजाति समुदाय विरोधमा उत्रिएपछि हिंसा भड्किएको थियो ।