देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना पुष्टि, ६४ जना संक्रमणमुक्त

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमित थपिएका छन् । मृत्यु शुन्य रहेको छ ।

६४ जना संक्रमणमुक्त भएका छन् । ३७५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

आजसम्म ३२ जना अस्पतालमा भर्ना भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या २८३ पुगेको छ ।

तीमध्ये एघार जना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।