देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठमेलबाट कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ

देशान्तर

काठमाडौँ । प्रहरीले ठमेलबाट कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्या घर भएकी ३६ वर्षीया पिलिसिला वान्जा दिरितु छन् ।
आरोपीहरूको साथबाट १ केजी ८० ग्राम लागु औषध कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए । सो लागु औषध केन्याकी पिलिसिलाले इथिओपियाबाट काठमाडौँसम्म ल्याइदिएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख रुपैयाँ बराबर पर्ने बताइएको छ । आरोपीहरु विरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।