देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाको बैठक बस्दै,सांसद श्रेष्ठबारे निर्णय लिने

देशान्तर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन अहिले बिहान ९ बजे पछि केन्द्रीय समितिको बैठक बस्न लागेको रास्वपाले जनाएको छ ।

मंगलवारनै केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन पार्टि सभापति रवि लामिछानेलाई बुझाएकाले छ । आजको बैठकले सो विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।