देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

देशान्तर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । रास्वपाका सभापति रवि लामिछानेसहित बिहीबार मात्रै नेपाली कांग्रेस परित्याग गर्नुभएका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले एकसाथ पत्रकार सम्मेलन गर्ने तयारि गर्नु भएको हो ।

पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने रास्वपाले जनाएको छ । रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ मा लामिछाने, तनहुँ–१ मा वाग्ले र बारा–२ मा खरेलललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।