देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयर्स कपः सुदूरपश्चिम प्रदेशको दोस्रो जित, मधेश प्रदेशलाई सात विकेटले पराजित

देशान्तर

काठमाडौं । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई सात विकेटले हरायो । मधेशको यो लगातार दोस्रो हार हो ।

मधेशले प्रदेशले दिएको ६५ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १० ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि रितु कनौजियाले २१ रन बनाइन् । रुवी पोदारले अविजित १४ रन जोड्न सफल भइन् । बलिङमा मधेशका सरस्वती चौधरी, सन्तोषी चौधरी र अनुराधा चौधरीले एक एक विकेट लिएका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले १९ ओभरमा सबै विकेटको क्षतिमा ६४ रन बनाएको थियो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५÷१५ रन बनाइन् ।

अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मधेशलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी लक्ष्मी साउदले तीन विकेट लिएकी छन् । सम्झना खड्का र रितु कनौजियाले दुई दुई विकेट लिइन् ।