देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको सम्मान

'जनही ३-३ लाख दिने घोषणा'

देशान्तर

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई  सम्मान गरेका छन् । शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् ।

खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईँहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईँहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री एवं

यस्तै, प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईँहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए ।

बिहीबार भएको विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाली टोली विश्वकप क्वालिफायरमा प्रवेश गरेको हो । अब नेपाल जिम्मबाब्बेमा हुने विश्वकप छनोट खेल्ने छ । १० टिम सहभागी टोलीमा दुई समूहका शीर्ष २ टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।