देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेशसभा बैठक बुधबार बस्ने

देशान्तर

काठमाडौँ– बागमती प्रदेशसभा बैठक बुधबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधबार दिउँसो २ः १० बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो ।

बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेश गरिनेछ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेश गरिनेछ ।