देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टर्कीमा भूकम्पपछि लुटपाटका घटना बढ्दै, ४८ जना पक्राउ

देशान्तर

काठमाडौँ – गत सोमबार टर्कीमा भूकम्प गएपछि लुटपाटका घटना बढेका छन् ।

लुटपाटमा संलग्न भएको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको हो । भूकम्पका कारण विस्थापितहरु थप मारमा परेकै बेला लुटपाटको घटना बढ्दा भूकम्प पीडितहरु थप मारमा परेका छन् ।

लुटपाटका घटना बढ्न थालेपछि टर्की सरकारले अनुसन्धानका लागि एक कमिटी गठन गरेको छ। कमिटीको अनुसन्धानपछि ८ वटा अलग–अलग प्रान्तबाट संदिग्ध ४८ जनालाई पक्राउ गरिएको हो ।

यसअघि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले लुटपाट लगायतका अपराधमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । भूकम्पपछि राष्ट्रपति एर्दोआनले टर्कीका १० प्रान्तमा ३ महिनासम्मका लागि संकटकाल घोषणा गरिसकेका छन् ।