देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित

देशान्तर

काठमाडौँ– राष्ट्रियसभा सदस्यको रिक्त पदमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बुधबार भएको उपनिर्वाचनमा उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।

दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए । दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।