देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दन्त विशेषज्ञ डा. सुवास घिमिरेसहित तीन जनालाई चलचित्र कलाकार संघको मानार्थ सदस्यता

देशान्तर

काठमाडौं – चलचित्र कलाकार संघले दन्त विशेषज्ञ डा. सुवास घिमिरे, संविधानविद् डा. भीमार्जुन आचार्य र समाजसेवी श्याम खड्कालाई मानार्थ सदस्यता प्रदान गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै विधानको परिच्छेद २ को २ (क) अनुसार चलचित्र क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष योगदान पु¥याएबापत डा. घिमिरे, डा. आचार्य र खड्कालाई सदस्यता प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

संघले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आ–आफ्नो विधामा ख्याति कमाएका र नेपाली चलचित्र क्षेत्रका लागि योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुलाई मानार्थ सदस्यता प्रदान गर्दै आएको छ ।

संघले यसअघि अभिनेत्री मनिषा कोइराला लगायतलाई पनि सदस्यता प्रदान गरेको थियो ।