देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विकास आयोजना समयमै सम्पन्न गर्न सकिँदैन : महासंघ

देशान्तर

एकै हप्तामा ६ सय ८८ वटा क्रशरहरु बन्द भएपछि नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रय तथा अन्य बिकास आयोजना समयमै निर्माण गर्न नसकिने बताएको छ । नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकोले आयोजना समयमै निर्माण गर्न नसकिने महासंघका महासचिव रोशन दाहालले वताउनु भयो ।

गत पुस २० मा गृह मन्त्रालयले अनधिकृत क्रसर तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयहरूले अधिकांश जिल्लामा रहेका यस्ता उद्योगमा तालाबन्दी गरिदिएका छन् ।देशभरमा हालसम्म ६ सय ८८ वटा अवैत्र क्रशरहरु एकै हप्तामा बन्द गरिएको छ ।

आफूले लिएका आयोजना निर्माण कार्य समयमै गर्न नसकिने पत्र सम्बन्धित निकायलाई लेखेर पठाउन पनि महासंघले विभिन्न निर्माण कम्पनीहरूलाई आग्रह गर्दै आज विज्ञप्ति जारी गरेको छ।

गृह मन्त्रालयबाट जारी निर्देशनले निर्माण उद्योगलगायत आम उपभोक्तामा नै गम्भीर असर परेको महासंघले दाबी गरेको छ । विभिन्न शक्ति केन्द्रहरूको आडमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङलाई प्रश्रय दिँदा कालोबजारी तथा मूल्यवृद्धि हुनेसमेत समेत महासंघले दावि गरेको छ ।