देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सांस्कृतिक संघद्वारा सांस्कृतिककर्मी प्रदेशसभा सदस्यलाई सम्मान

देशान्तर

काठमाडौं । नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले, सांस्कृतिक संघमा आबद्ध रही हालै सम्पन्न आम निर्वाचनमा प्रदेशसभा सदस्य पदका लागि निर्वाचित भएका सांसदहरूलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गर्दै कार्यकालको शुभकामना दिएको छ ।

प्रतिनिधिसभा सदस्य विनोद चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसदहरू टीका बस्याल (लमजुङ), मधुकुमार श्रेष्ठ (धादिङ), वेदराज सिंह (जाजरकोट) र रोज राणा (प्युठान) लाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले निर्वाचनका बेला कलाकर्मीले पु¥याएको योगदानको प्रशंसा गरे । साथै कलाकारको प्रतिनिधित्व सदनमा हुनुलाई आफूले एक खालको सफलता प्राप्त भएको रूपमा लिएको बताए । कार्यक्रममा कलाकर्मी र संगीतकर्मीको बाक्लो उपस्थिति थियो ।