देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिलिज भएकाे ५४ वर्षपछि ‘रोमियो जुलिएट’ चर्चामा


सन् १९६८ मा आएको हलिउड फिल्म ‘रोमियो जुलिएट’ लाई आफ्नो युगको सफल फिल्म मानिन्छ ।

रिलिज भएको ५४ वर्षपछि यो फिल्म फेरि चर्चामा आएको छ । वास्तवमा, फिल्ममा रोमियो–जुलियटको भूमिका निभाएका ओलिभिया हसी र लियोनार्ड ह्वाइटिङले निर्देशक फ्रान्को जेफिरेलीको मृत्युपछि उनीहरू र प्यारामाउन्ट पिक्चर्सविरुद्ध मुद्दा दायर गरेका छन् ।

दुवै कलाकारले ठगी गरेको र नग्न दृश्य खिचाउन लगाएको आरोप लगाउँदै निर्देशक र फिल्म निर्माण कम्पनीसँग ५० करोड डलर क्षतिपूर्ति मागेका छन् । त्यतिबेला ओलिभिया हसी र लियोनार्ड ह्वाइटिङको उमेर १५ र १६ वर्ष थियो, अहिले दुवै ७१ र ७२ वर्षका छन् । दुबै कलाकारले निर्देशक र प्यारामाउन्ट पिक्चर्सलाई लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा यौन दुर्व्यवहार, यौन उत्पीडन र धोखाधडीको आरोप लगाएका छन् ।

उजुरीमा, ओलिभिया र लियोनार्डले अन्तिम दिनमा शूट गरिएको बेडरूम दृश्यका लागि उनीहरूले अन्डरगार्मेन्ट लगाउनु पर्ने बताए । तर सुटिङको बिहान, जेफिरेलीले दुवैलाई आफ्नो शरीरमा मात्र मेकअप गर्ने बताए । क्यामेरा यस्तो हुनेछ कि उनीहरुको शरीर नग्न देखिँदैन । यो सुनेर दुवै बाल कलाकार दृश्य गर्न राजी भए । दुवैले त्यस समयमा फिल्मको लागि नग्न दृश्यहरू खिचेका थिए, जुन तत्कालीन क्यालिफोर्नियाको कानूनको उल्लंघन थियो । त्यतिबेला फिल्मलाई लिएर कुनै कारबाही भएको थिएन । निर्देशक फ्रान्को जेफिरेलीको सन् २०१९ मा निधन भएको थियो ।

२०१८ मा एक अन्तर्वार्ताको क्रममा, जुलियट अर्थात् हसीले निर्देशक फ्रान्कोलाई समर्थन गरे । उनले भनेका थिए– मेरो उमेरका कलाकारले यसअघि यस्तो गरेका थिएनन् । जेफरीलीको तारिफ गर्दै हसीले भनेका थिए–‘उहाँले निकै उत्कृष्ट ढंगले दृश्य खिच्नु भएको थियो र फिल्मको कथाको मागअनुसार यो आवश्यक पनि थियो ।’ तर अहिले निर्देशकको सन्दर्भमा हसीको बोली फेरिएको छ । फिल्मकर्मीले शोषण गरेको उनको विश्वास छ । यस विषयमा कम्पनीको तर्फबाट अहिलेसम्म कुनै बयान आएको छैन ।