देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सगरमाथा म्युजिक अवार्डमा देशान्तरकर्मी गीतकार अधिकारी सम्मानित

देशान्तर

काठमाडौं –  बिहिबार राजधानीमा सम्पन्न चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा देशान्तरकर्मी लोकराज अधिकारी सम्मानित भएका छन् । दुई दशक भन्दा बढि समय देखि नेपाली गीति लेखनमा सकृय अधिकारीलाई सगरमाथा दशक गीतकार सम्मान २०७९ बाट सम्मान गरिएको हो ।

गीतकार अधिकारीका लोक गीत, दोहोरी गीत, आधुनिक, स्वदेश, बाल गीत र चलचित्र गीतगरि करिव एक सय पचास गीत रेकर्ड भएका छन् । ‘तिम्ले पराई ठाने पछि’, ‘मर्छु बरु छटपटिमा’, ‘बाजा बजाउदै’ , ‘रुपै मोहनी’ , ‘हेप्नी मलाई हेप्नी’ , लगायतका दर्जनौ गीत लोकप्रिय छन् ।

नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । उक्त अवार्डमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई १७ हजार ६९६ नगत सहित सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा बाट सम्मान गरिएको थियो ।

सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए ।

त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ८ हजार ८४८नगद सहित सगरमाथा कला पत्रकारिता रजत सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो । रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न ५० बिधाका संगीतकर्मीले अवार्ड चुमेका थिए ।