देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंलगायत कुनै ठाउँका सुकुम्बासीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह

देशान्तर

काठमाडौँ  – काठमाडौं महानगरपालिका नदी किनार अतिक्रमण गरी बसेकाहरुलाई हटाउन अघि सरेपछि राष्ट्रिय भूमि आयोगले कुनै पनि सुकुम्बासीलाई नचलाउन आग्रह गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह तथा सबै सरकारी र गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका सुकुम्बासीलाई नहटाउन भनेको हो ।

‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्नरनगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ ।

सुकुम्बासीहरुको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आचारसंहिता हटेलगत्तै गरिने दाबी पनि सूचना गरिएको छ ।

२०४७ साल यता सुकुम्वासी ब्यवस्थापनका लागि भन्दै १४ वटा आयोग बनिसकेका छन् । केन्द्रदेखि जिल्ला तहमा बनाइने यस्ता आयोगहरुमा राजनीतिक दलका कार्यकर्ता भर्ति गर्ने बाहेक अहिलेसम्म कुनै पनि काम भने भएको छैन ।

सुचना :